धादिङको गल्छीमा टेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

8

- Advertisement -

३१ साउन २०७९, मंगलवार / धादिङ   पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नं. को मार्बल बोकेको टेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नं.को जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका १ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.