डा. अंसारीको लापरवाहिको कारण एक विरामीको अवस्था गम्भिर

17

- Advertisement -

३० साउन २०७९, सोमवार / वीरगंज    वीरगंज महानगरपालिका वडा नं. १४ स्थित वीरगंज हेल्थ केयर हस्पिटलमा कार्यरत डा. आशिफ अंसारीले एक विरामीको पितको थैलीमा रहेको पथरीको शल्याकृया गर्दा लापर्वाही भएको र त्यसकारण कारण विरामी झन गम्भिर भएको आफन्तजनले आरोप लगाएका छन् ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. २ चेर्गाहा निवासी ३२ वर्षिय फिरोज मियाँ अंसारीको पथरीको उपचारर्थ गत साउन २६ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।

भर्नापछि डा.अंसारीले शल्याकृया गरे तर पहिलो शल्याकृया असफल भयो । दोस्रो शल्याकृया गरेको तर गलत ठाउँमा नै शल्यक्रिया हुँदा भित्रि नसा कटेर अनियन्त्रीत रक्तश्राव भई विरामीको अवस्था झन विग्रीएको हुँदा काठमान्डौं रेफर गर्न खोजिएको विरामीका भाई मम्ताज अंसारीले बताए ।

सत्य कुरा नबताई ४ दिन सम्म भ्रममा राखेर परिवारका कुनै सदस्यलाई पनि विरामीलाई भेट्न नदिएको र दुई लाख पचास हजार रकम असुली गरी आईतबार राति ११ बजे अचानक तपाई आफनो विरामीलाई काठमाडौं लैजानुस् भन्दै डा.अंसारीले गैरजिम्मेवारी जवाफ दिएको विरामीका आफन्तको गुनासो छ ।

गैरजिम्मेवार पुर्ण काम गर्ने डाक्टरलाई मेडिकल काउन्सीलले कारवाही गरी विरामीको क्षतिपुर्ती समेत दिलाउन विरामीका दाई मम्ताज अंसारीको सम्बन्धित निकायलाई गुहारेका छन् ।

Leave A Reply

Your email address will not be published.