सरकार मेडिकल शिक्षालाई निषेध गर्ने गरी अगाडि बढेको ओलीको आरोप

6

- Advertisement -

२५ साउन २०७९, बुधवार / काठमाडौं    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको बताए ।

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्नेगरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेसन हब बनाउनु पर्ने हो । उपचार अस्पतालको हब बनाउनुपर्ने हो । यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ । यी आधारभूत आवश्यक्ताहरूको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ,’ उनले भने । यस्तै उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.