चित्तलको मासुसहित ८ जना शिकारी पक्राउ

20

- Advertisement -

२५ साउन २०७९, बुधवार / सुनसरी   नेपाली सेनाले चित्तलको मासुसहित ८ जना शिकारीलाई नियन्त्रणमा लिएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षको सुरक्षामा खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले आज सुनसरीको श्रीलंका टापुमा एक व्यक्तिलाई चित्तलको मासुसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई सोधपुछका क्रममा अन्य ७ जना पनि पक्राउ परेका नेपाली सेनाले जनाएको छ। उनीहरुको साथबाट जंगली जनावरको ६३ केजी मासु, भरुवा बन्दुक २ नाल, टिका बारुद १ प्याकेट, खुँडारखुकुरी ५ वटा लगायतका हतियारहरू बरामद भएको छ ।

Leave A Reply

Your email address will not be published.