अनामनगरबाट ७४ लाख हुण्डीको पैसासहित तीन जना पक्राउ

6

- Advertisement -

२५ साउन २०७९, बुधवार / काठमाडौं    प्रहरीले स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।

अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । प्रहरीले उनीहरूलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.