हेटौंडामा २५ मिटरको चर्चा फेरि सुरु

12

- Advertisement -

२३ साउन २०७९, सोमवार / मकवानपुर   हेटौंडा उपमहानगर क्षेत्रमा विस्तार हुन नसकेको सडक, फराकिलो पार्ने तयारी सुरु भएको छ ।

महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने होइवेलाई फराकिलो पार्ने विषयमा एसियाली विकास बैंक ( एडीबी) ले चासो दिएपछि हेटौंडा उपमहानगरपालिकाले सडक फराकिलो पार्ने विषयमा असहयोग नगर्ने, साथ र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकामा एडीबीको उक्त परियोजनाको प्रतिनिधिसहित मेयर, उपमेयर, सम्बन्धित वडाका वडाध्यक्ष, मालपोत र नापी कार्यालयका प्रतिनिधिको बैठकले चाँडो सडक फराकिलो पार्ने विषयमा सहमति जनाएका छन् ।

हेटौंडामा मुख्य बजार क्षेत्रमा रहेका राजमार्गलाई सर्वोच्च अदालतले भनेअनुसार सडकको बीचबाट दुवैतर्फ २५ गज फराकिलो पार्न उपमहानगरपालिकाले समन्वय र साथ दिने निर्णय भएको उपमहानगरपालिकाका प्रवक्ता सवीन न्यौपानले जानकारी दिए । मुआब्जा र क्षतिपूर्ति तथा बजार क्षेत्र व्यवस्थापनबारे छलफल गर्नुपर्ने धारणा पनि बैठकमा आएको उनले बताए ।

पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तार गर्ने क्रममा हेटौंडा बजार क्षेत्रका निजी घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिन माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.