महिलाको घाँटीबाट सिक्री लुटेर भाग्दाभाग्दै एक युवक पक्राउ

7

- Advertisement -

२३ साउन २०७९, सोमवार / काठमाडौं   सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो । टोखा नगरपालिका ८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

Leave A Reply

Your email address will not be published.