वीरगंजलाई हरित शहर बनाउने उद्धेश्यसहित वृक्षारोपण सुरु

9

- Advertisement -

२१ साउन २०७९, शनिवार / वीरगंज    वीरगंजलाई हरित शहर बनाउने उद्धेश्यसहित वृक्षारोपण सुरु गरिएको छ ।

शनिबार वीरगंजको भानुचोकमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वृक्षारोपण गरेर हरित शहर बनाउने अभियानको थालनी गरेका छन् ।

वातावरण संरक्षणका लागि वोटविरुवाको अपरिहार्यता रहेकाले खाली स्थानका साथै सडकपेटी तथा डिभाइडर क्षेत्रमा वृक्षारोपण गर्नु पर्नेमा मन्त्री यादवले जोड दिए । वीरगंज हरित शहर बनाउनका लागि अभियानकै रुपमा वृक्षाराेपण कार्यलाई अघि बढाउन सुझाव दिँदै त्यसका लाग आफ्नाे मन्त्रालयले पनि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरगंज महानगरपालिकाले शनिबारबाट भानुचोकदेखि घण्टाघरसम्मको सडक डिभाइडर तथा वाइपास सडक बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गर्न थालेको छ ।

बाइपास सडकको गण्डकदेखि रजतजयन्ती चोकसम्मकै डिभाइडरमा वृक्षारोपण गरिने महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

बाइपास सडक र लिंकरोडबाट सुरु भएको यो अभियान ३२ वटै वडामा लैजाने बताउँदै उनले रोपिएका विरुवा हुर्काउन स्थानीयको सहयोगको अपेक्षा रहने विश्वास पनि गरे ।

वीरगंजलाई हरियाली बनाउन विरुवा रोपेर मात्रै हुँदैन,’ उनले भने, ‘यसलाई हुर्काउने, बढाउने काममा महानगर त लागिरहेको छ नै स्थानीयको पनि उत्तिकै सहयोग हुने विश्वास लिएको छु ।’

शनिवार आयोजित वृक्षारोपण कार्यक्रममा गुल्मोर, म्यागो स्टिक, अशोक लगायतका विरुवा रोपिएको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदीप यादव,वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.