पर्साको बहुदरमाई नगरपालिका ७ छपकैयाबाट २४० केजी गाँजा बरामद

5

- Advertisement -

२१ साउन २०७९, शनिवार / वीरगंज  पर्साको बहुदरमाई नगरपालिका- ७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २४० किलो बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २४० गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.