नेपाललाई विश्वमा चिनाउन दिल्लीसम्म मुन्नाको पैदल यात्रा

5

- Advertisement -

२१ साउन २०७९, शनिवार / वीरगंज  नेपाललाई विश्वमा चिनाउन भन्दै वीरगंजका एक युवाले वीरगंजदेखि भारतको राजधानी दिल्लीसम्म पैदल यात्रा सुरु गरेका छन् ।

आज बिहान वीरगंजको घण्टाघर चोकमा मुन्नालाई वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विदाइ गरेका हुन् ।

वीरगंज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले यसअघि घोषणा गरे अनुरुप शनिबारदेखि वीरगंजबाट दिल्लीसम्मको १ हजार ६० किलोमिटरको पैदल यात्रा सुरु गरेका हुन् ।

नेपाल र भारतको  झण्डासहित नेपाली राष्ट्रिय पोशाकमा दिल्ली प्रस्थान गरेका मुन्नालाई विदाइ गर्ने क्रममा सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओमप्रकाश सरार्फ लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको रोटी–बेटी एवं जन सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ यो पैदल यात्रा थालेको मुन्नाले बताए ।

 

Leave A Reply

Your email address will not be published.