ट्रैक्टर सहित १२ थान शालको गोलीया बरामद

8

- Advertisement -

२० साउन २०७९, शुक्रवार / वीरगंज   पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ पथलहवा खोलाबाट अवैध सालको गोलीया बरामद छ।

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक किशोर अचार्य र डिभिजन बन कार्यालय रंगपुरटाडीका बनगस्तिको संयुक्त टोलीले प्रदेश २ – ०३ – ००१ – त – ६०४७ नम्बरको ट्रैक्टर सहित १२ थान  शाल अन्दाजी ५५ क्यु फिट गोलीया बरामद गरेको हो ।

प्रहरीको टोलीलाई देख्ने बित्तिकै ट्रैक्टर चालक र काठ तस्कर फरार भएका थिए ।

बरामद गरिएको काठ सहितको ट्रैक्टर डिभिजन बन कार्यालय वीरगञ्ज पर्सामा बुझाएको तथा फारार रहेका चालक र काठ तस्करहरुको खोजी कार्य भैरहेको सब डिभिजन बन कर्यालय रंगपुरटाडीका सहायक बन अधिकृत कपिलदेव यादवले बताए ।

Leave A Reply

Your email address will not be published.