ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरा घाइते

9

- Advertisement -

२० साउन २०७९, शुक्रवार / महोत्तरी   महोत्तरीको गौशालामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बिहान गौशाला नगरपालिका  १ सुर्तिविकास चौकमा ना ४ ख ३३३१ नम्बरको ट्रकले ठक्कर दिँदा गौशाला नगरपालिका  ४ रजखोरका २८ वर्षीय हरदेव सहनीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सहनीले छोरा दिलीपलाई विद्यालय पुर्‍याउन जाँदा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएको सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक सहनीका छोरा दिलीप स्थानीय एप्पल बोर्डिङ स्कुलमा अध्ययनरत थिए ।

दु’र्घटनामा परी बालक दिलीप घाइते भएको र उनको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला सर्लाही हरिवन न.पा. ६ बस्ने वर्ष ३८को श्रवण कुमार महतो, ट्रक र मोटरसाइकल प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन् ।

मृतकको श’व प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरी निरीक्षक मिश्रले बताएका छन् ।   घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.