१०९ दिन निर्वाचनका लागि पर्याप्त समय : प्रमुख आयुक्त थपलिया

4

- Advertisement -

१९ साउन २०७९, बिहिवार / काठमाडौं  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले मंसिर ४ गते देशभर एकै चरणमा निर्वाचन घोषणा गरेपछि त्यसको स्वागत गर्दै आयोग त्यसका लागि तयार रहेको बताएका छन्।

थपलियाले आयोगका लागि अब १०९ दिन बाँकी भएकाले यो पर्याप्त हुने बताए।

आयोगलाई निर्वाचनको तयारीका लागि १२० देखि ९० दिनसम्मको समय आवश्यक हुने भन्दै उनले एक सय दिन भन्दा धेरै भएकाले आफूहरुलाई पर्याप्त समय हुने बताए। थपलियाले आगामी निर्वाचनका लागि मतदान क्षेत्र निर्माण गर्ने देखि आयोगले गर्ने सबै तयारी अब सुरु हुने बताए।

आयोग तयारीकै अवस्थामा थियो। यसबीचमा पनि हामी निर्वाचनको तयारीमा थियौं’, उनले भने, ‘जति समय सरकारबाट प्राप्त भएको छ त्यो पर्याप्त छ।’ आयोगले अब निर्वाचन गराउन केन्द्रिय कार्यक्रम सुरु गर्ने उनले बताए। आयोगले भोलिदेखि मतदाता नामावली संकलन रोक्ने भएको छ भने आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु गर्ने तयारी गरिएको थपलियाले बताए।

Leave A Reply

Your email address will not be published.