करेन्ट लागेर ससुरा र बुहारीको मृत्यु

6

- Advertisement -

१९ साउन २०७९, बिहिवार / सप्तरी   सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिकामा गएराति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनरुप ६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.