२० वर्षमुनिको साफ च्याम्पियनशिपबाट, नेपाल बाहिरियो

7

- Advertisement -

१८ साउन २०७९, बुधवार / काठमाण्डौ   २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।

भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो ।

फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने हिजो भएको नेपालसँगको खेलमा १-१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

Leave A Reply

Your email address will not be published.