प्रधानमन्त्री देउवाद्वारा मन्त्रीहरूलाई निर्देशन

3

- Advertisement -

१८ साउन २०७९, बुधवार / काठमाण्डाै   प्रधानमन्त्री शेरबहादुर देउवाले देशकाे सर्वोपरि हितलाई ध्यानमा राखेर नागरिककाे विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले अब देश चाँडै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न मन्त्रीहरूलाई सचेत समेत गराउनुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नुभएको थियो भने अन्य मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको कामका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.