केराबारीमा पहाडको ढिस्कोसहितको पहिरो, मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध

10

- Advertisement -

१८ साउन २०७९, बुधवार / काठमाण्डाै   मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा  पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको  ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एंव प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको  लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।

 

Leave A Reply

Your email address will not be published.