थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

6

- Advertisement -

१७ साउन २०७९, मंगलवार / काठमाडौं  नेपालमा मंगलबार थप ८१४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार गरीएको पीसीआर परीक्षणबाट ५०९ र एन्टिजेन परीक्षणबाट ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ ।

Leave A Reply

Your email address will not be published.