१३ जना एसपीको काज सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

23

- Advertisement -

१६ साउन २०७९, सोमवार / काठमाडौँ   प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।

काज सरुवाको निर्णयअनुसार चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रमुखको फेरबदल गरिएको हो।

उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई पठाइएको छ।

सीआईबीका प्रवक्तासमेत रहेका श्यामकुमार महतोको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी सरुवा भएको छ भने सुनसरीमा कार्यरत संजयसिंह थापा सीआईबी सरुवा भएका छन्।

 

Leave A Reply

Your email address will not be published.