नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने

4

- Advertisement -

१६ साउन २०७९, सोमवार / काठमाण्डाै  नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने भएको छ ।

सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताउनुभयो ।

उहाँले जनप्रदर्शनलाई व्यवस्थित र सङ्गठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.