आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, लिटरमै १६ रुपैयाँले घट्यो डिजेल

6

- Advertisement -

१६ साउन २०७९, सोमवार / काठमाडौं   भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

भारतीय आयल कर्पोरेसन आईओसीबाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मुल्य घटाएको थिएन । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।

यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

Leave A Reply

Your email address will not be published.