अर्थमन्त्री शर्माद्वारा सपथ लगत्तै पदभार ग्रहण

7

- Advertisement -

१६ साउन २०७९, सोमवार / काठमाडौँ   नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सपथ ग्रहण लगत्तै पदबहाली गर्नुभएको छ।

राष्ट्रपति भवन शितल निवासमा सपथ लिनासाथ सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर उहाँले पद बहाली गर्नुभएको हो । अर्थ मन्त्रालयमा नवनियुक्त मन्त्री शर्माको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिले करको दर हेरफेर गरेको आरोप संसदमा लागेपछि उहाँले केहीदिन अघि राजिनामा दिनुभएको थियो । यस विषयमा संसदीय छानवीन समितिले छानविन समेत गरेको थियो । तर छानविनमा उहाँ निर्दोष ठहरिएपछि नेकपा माओवादी केन्द्रले शर्मालाई नै पुन: अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.