महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख रुपैयाँ लुटियो

6

- Advertisement -

१५ साउन २०७९, आइतवार / महोत्तरी   महोत्तरीको गौशाला–सम्सी सडक खण्डमा छुरा प्रहार गरी एक जना व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार रामगोपालपुर नगरपालिका ७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि नचिनेकाे समूहले छुरा प्रहार गरी उहाँको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हाे ।

आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आउनु भएका अरुण गौशालाबाट पैसा बोकी प्रदेश-२–०२–००४ प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले पैसा लुटेको थियो । चाैधरीको मोटरसाइकल रोकी उहाँकाे तिघ्रामा छुराले हानेर घाइते बनाइ पैसा लुटेर भागेका थिए ।

छुरा प्रहारबाट घाइते हुनुभएका चाैधरीको गौशालामा रहेकाे पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.