सेवाग्राहीमैत्री बन्दै वीरगंज महानगरकाे सेवा, सेवाग्राहीका लागि जाेडियाे एसी

5

- Advertisement -

१४ साउन २०७९, शनिवार / वीरगंज   वीरगंज महानगरपालिकाले सेवाग्राहीमैत्री सेवाप्रवाहमा जोड दिएको छ । नगरवासीले समस्या भोग्न नपरोस भनेर महानगरले सेवाग्राहीमैत्री सेवाप्रवाहमा जोड दिएको  छ ।

महानगरको मेयरमा निर्वाचित भएर सपथ लिँदै गर्दा परिवर्तनको आभास दिलाउने कसम खाएका राजेशमान सिंहकै निर्देशनमा महानगरले आफ्नो सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउँदै लगेको हो ।

महानगरले हालै मात्रै एकिकृत सम्पत्ती कर, राजश्व, घटना दर्ता दस्तुर र अन्य सिफारीस दस्तुरको शुल्क ३२ वटै वडाबाट डिजिटल रुपमा काट्न सक्ने व्यवस्था मिलाईसकेको छ ।

विगतमा सय/दुई सयको राजश्व तिर्न त्यो भन्दा बढि पैसा र समय खर्चेर सेवाग्राहीहरु महानगरपालिकाको कार्यालयमै आउनु पर्ने बाध्यता थियो ।

अहिले यी सबै काम आफ्नै वडाबाट भए पछि सेवाग्राहीहरुलाई महानगर धाइरहनु पर्ने बाध्यता हटेको छ ।

गर्मीको समयमा सेवा लिन जाँदा पसिना गन्हाउँदै उभिनु पर्ने समस्या अन्त्यका लागि महानगरले मुख्य भवनको सेवाप्रवाह हुने स्थान राजश्व, प्रशासनका लवीहरु वातानुकुलित बनाउँदै सेवाग्राही बस्न चेयरको व्यवस्था मिलाएको हो ।

‘सकेसम्म भिड हुनै नदिने गरी छिटो छरितो काम गरिदिन कर्मचारिहरु लागि परेका छन्,’ मेयर सिंह भन्छन्, ‘केही गरी समय लाग्ने भए पनि सेवाग्राहीलाई वस्नका लागि असुविधा नहोस भनेर भिड नहुने गरी आवश्यक बस्ने ठाउँको लवीमै व्यवस्था मिलाएका छौँ ।’

मुख्य भवनको चारैतर्फ सिसाका ढोका राखेर लवी वातानुकुलित बनाउन एसी जडान गरिएको छ । यसले सेवा लिन आउने नगरवासी सेवाग्राहीलाई सहज हुने महानगरले विश्वास लिएको छ ।

 

Leave A Reply

Your email address will not be published.