बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

7

- Advertisement -

१४ साउन २०७९, शनिवार / बारा   सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् ।

लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् ।

किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केराखेतीमा आकर्षित छन् ।

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढन थालेको छ ।

Leave A Reply

Your email address will not be published.