जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

8

- Advertisement -

१४ साउन २०७९, शनिवार / सिरहा   १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढिमाई नगरपालिका १२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सदायले बिहीबार राति १५ वर्षीया किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्‍णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.