एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ,परसवा देखि रामवन सम्म सडकको शिलान्यास

3

- Advertisement -

१४ साउन २०७९, शनिवार / वीरगंज   मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत  महानगरपालिका वडा नम्बर ३२ को परसवा देखि रामवन सम्म निर्माण भईरहेको सडकको आज शनिबार  शिलान्यास गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य मा.जन्नत अन्सारीको निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकको प्रमुख अतिथि प्रदेश सभा सदस्य जन्नत असारी र विशिष्ट अतिथि पप्पु कन्ट्रक्सनका निर्देशक सुमित रौनियारले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

मधेस प्रदेश सरकारको  ५ कि.मी.लामो निर्माणाधीन सडकको शिलान्यास भए संगै त्यस भेगका जनताहरु खुसि व्यक्त गर्दै यो सडकको निर्माण कार्य छिटै समपन्न हने बिश्वास व्यक्त गरेका छन  ।

 

Leave A Reply

Your email address will not be published.