नागरिक शिक्षित नभएसम्म देश समृद्ध बन्दैन : पूर्वराष्ट्रपति यादव

7

- Advertisement -

१३ साउन २०७९, शुक्रवार / काभ्रेपलाञ्चोक   पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश समृद्ध नबन्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भइ कसरी देश निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताउनुभएको हो ।

‘जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’, यादवले भन्नुभयो ।

पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज दक्षसहित धेरैजसो अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाइ राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ ।

Leave A Reply

Your email address will not be published.