दार्चुलामा कस्तुरीको विना र यार्सागुम्बासहित एक जना पक्राउ

14

- Advertisement -

११ साउन २०७९, बुधवार  / दार्चुला   दार्चुलामा कस्तुरीको विना र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेराका ३३ वर्षीय कम्मान सिह विष्ट रहेका छन् । विष्टको साथबाट प्रहरीले १ किलो ६ सय ग्राम यार्सागुम्बा र कस्तुरीको विना जस्तो देखिने वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गाहामगरले जानकारी दिए ।

प्रहरीले गोप्य सूचनाको आधारमा दार्चुलाबाट महेन्द्रनगरतर्फ गइरहेको बसलाई महाकाली नगरपालिका ८ असिगडामा रोकेर खानतलासी गर्दा यार्सा र कस्तुरीको विना फेला पारेको हो । विष्टसँग छुटपूर्जीसमेत नदेखिएकाले यार्सा बरामद गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.