४ हजार ४०० रुपैयाँमै बाइक , वीरगंज भन्सार कार्यालयले ३५० बढी गाडी र मोटरसाइकल लिलामीमार्फत विक्री गर्दै

19

- Advertisement -

९ साउन २०७९, सोमवार / वीरगंज   वीरगंज भन्सार कार्यालयले ३५० बढी गाडी र मोटरसाइकल लिलामीमार्फत विक्री गर्ने भएको छ ।

भन्सार कार्यालयले विगत ४ वर्षदेखि चोरी पैठारी, कर छली गरेर ल्याएका विभिन्न सवारी तथा ढुवानीका साधन, तीनपांग्रे सवारी र मोटरसाइकल गरी ३५० थान बढी सवारीसाधन लिलामी गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम समेत एभरेष्ट बैंकको भन्सार क्षेत्र वीरगञ्जमा जम्मा गर्नुपर्नेछ ।

भन्सारले मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम मूल्य तोकेको छ । जसमा हिराेहोन्डा स्प्लेन्डर, प्यासन, बजाज पल्सर, टीभीएस लगायतको मोटरसाइकलको न्यूनतम मूल्य नै ४ हजार ४०० रुपैयाँदेखि रहेको छ ।

सबै मोटरसाइकल तथा गाडीको मूल्य हेर्न यहाँ  क्लिक  गर्नुहोस्

Leave A Reply

Your email address will not be published.