वृद्ध भत्ता लिएर फरार भएका युवक पक्राउ

8

- Advertisement -

७ साउन २०७९, शनिवार / जनकपुरधाम  बैंकको कर्मचारी हुँ भन्दै एक वृद्धा महिलाको रकम लिएर फरार भएका एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।

विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवारको वृद्ध भत्ता रकम लिएर फरार भएका कमला नगरपालिका २ माचीका २३ वर्षीय सन्तोषकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ती वृद्धा महिलाले बताएको हुलियाको आधारमा खोजतलास गर्दा राति ११ बजे २० हजार नगदसहित कमला नगरपालिका २ माची स्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट युवकलाई पक्राउ गरेको थियो ।

वृद्ध भत्ता निकाल्न गएको बेला कुम्हिया देवीलाई ठाकुरले ‘म बैंकको कर्मचारी हो तपाईको चेक बुक ल्याउनु म रूपैयाँ निकाल दिन्छु’ भनि यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.