लागुऔषध सहित बिन्दवासिनीबाट २ जना पक्राउ

9

- Advertisement -

७ साउन २०७९, शनिवार / वीरगंज  सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

ना. ३१ प १६९२ नम्बरको मोटरसाइकलमा सवार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर बस्ने २७ वर्षीय सन्तोष पटेल र सोही ठाउँका ३७ वर्षीय बिरबल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकf उनीहरुको साथबाट  १ सय एम्पुल डाइजेपाम, १ सय पत्ता नाइट्रोभेट ट्याब्लेट, ९९ सय एम्पुल फेनार्गन र ९५ एम्पुल नुर्फिन बरामद भएको हो । त्यस्तै करिब ५ तोलाको चाँदीको ब्रासलेट, २ थान मोवाइल सेट र नेपाली १ सय र १ सय २० भारतीय रुपैयाँ पनि उनीहरुको साथबाट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.