रुस–युक्रेनबीच खाद्यान्न निर्यात खुलाउन सम्झौता, खाद्यान्नको भाउ घट्ने आशा

7

- Advertisement -

७ साउन २०७९, शनिवार /  एजेन्सी   रुस र युक्रेनले कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने विषयमा सम्झौता गरेका छन् ।

दुई युद्धरत पक्षधरका प्रतिनिधिहरु यस विषयमा छलफलको लागि टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे ।

उनीहरु एउटै टेबलमा बसेनन् । न त सम्झौता सम्पन्न भएपछि हात मिलाउने कार्यक्रम नै भयो । युद्ध मोर्चामा लडिरहेका मुलुकका प्रतिनिधि भएकाले यस्तो कदम उठाइएको बुझिएको छ । दुई पक्षीहरूबीच कायम गहिरो शत्रुता र अविश्वासलाई देखाउने संकेत पनि थियो । सम्झौता गरिँदा एक अर्काको झुण्डलाई पृष्ठभूमिमा राख्ने परम्परा पनि पालना गरिएन । दुई पक्ष बीचमा बीचमा बरु संयुक्त राष्ट्रको ब्यानर राखिएको थियो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगान पनि उपस्थिति थिए । हस्ताक्षर पछि उनले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात सुचारु हुन थालेपछि विश्वमा बढ्दो भुखमरीको जोखिम कम हुने र विश्वव्यापी बढ्दो खाद्यान्नको मूल्यलाई कम हुने बताए ।

दुई युद्धरत मुलुकसँग जोडिएको महत्वपूर्ण मुद्दामा सहमति गराउन एर्दोगानले विशेष पहल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.