बारामा १ सय ५० किलो गाजा सहित ट्रक बरामद

8

- Advertisement -

७ साउन २०७९, शनिवार / बारा   बारामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ ।

जिल्लाको महागढीमाई नगरपालिका वडा न. ५ तेलगाई नजिकैबाट भारततर्फ गइरहेको अवस्थामा १ सय ५० किलोग्राम लागु औषध गाजासहित ट्रक सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल छिन्नामस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध गाजा सहित ट्रक बरामद गरेको हो । डिआईजी गणेश ठाडा मगरको आदेशमा खटिएको स्कवाड टोलीले लागु औषध गाजा, ट्रक, चालक सहित भारतीय गाजा तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बा ५ ख ८०७५ नम्बरको ट्रकमा लागु औषध गाजा लोड गरी भारततर्फ गइरहेको बिशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भइएको डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउपालिका वडा न. ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा न. ११ भरवलिया निवासी श्याम महतोलाई लागु औषध गाजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध गाजा सहित ट्रक तथा चालक सहित लागु औषध तस्करलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.