पर्सा प्रहरीले लागुऔषधसहित एक जना युवक र कार नियन्त्रणमा

15

- Advertisement -

७ साउन २०७९, शनिवार / वीरगंज   जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषधसहित एक जना युवक र कार नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध फेनारगन ८ सय ८६ एम्पुल, डाइजेपाम १ हजार १ सय ५५ एम्पुल, नुरफिन ९ सय ७८ एम्पुल र नाईट्राभेट १ हजार ७ सय ८५ ट्याब्लेट सहित  महानगरपालिका १० बस्ने ३१ वर्षीय अनिल कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीआर ०७ वाई ८२०१ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनी फल्स बटम बनाई लुकाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक अनिल कुमारलाई पक्राउ गरेको हो ।

कार्कीका अनुसार पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।

Leave A Reply

Your email address will not be published.