नवौं महाअधिवेशन : पर्साबाट केन्द्रिय सचिवमा तिवारी र सदस्यमा पौडेल निर्बिरोध निर्वाचित

29

- Advertisement -

७ साउन २०७९, शनिवार / बिरगंज   नेपाल प्रेस युनियनको नवौं महाअधिवेशनबाट केन्द्रीय सचिवमा बिरगंजका पत्रकार अशोक तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

हेटौंडामा जारी रहेको युनियनको महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको क्रममा केन्द्रीय सचीवमा तिवारी निर्विरोध निर्वाचित भएका हुन । तिवारी नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष र ए न्युज टेलिभिजनका अध्यक्षसमेत रहेका हुन् ।

त्यसैगरी बिरगंजकै महिला पत्रकार निलिमा पौडेल पनि केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन्  । युनियनको केन्द्रीय नेतृत्व चयनका लागि अध्यक्षमा संस्थापनबाट अनिया विन्दु र संस्थापन इतर पक्षबाट शीव लम्सालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अन्य नयाँ नेतृत्व चयनका लागि ( आज ) शनिबार मतदान हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.