जापानमा आबेको सम्मानमा सेप्टेम्बर २७ मा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गरिने

5

- Advertisement -

७ साउन २०७९, शनिवार / एजेन्सी  जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ। जापान सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो।

उक्त अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा गरिएको छ।

यो समारोह टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिनेछ। यस पहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टि गरेको थियो।

जपानका सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनका प्रशंसनीय उपलब्धिहरू र विदेशी नेताहरूसँगको उनको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि उपयुक्त बनाएको बताए।

उनले थपे, ‘हामी अन्तेष्टि समारोहमा सहभागीता का लागि विशिष्ठ विदेशी पाहुनालाई पनि स्वीकार गर्नेछौँ। हामीसँग कूटनीतिक सम्बन्ध भएका देशहरुलाई यसबारे विस्तृत जानकारी दिइनेछ।

 

Leave A Reply

Your email address will not be published.