हिन्दु राष्ट्र माग्दै राप्रपा नेपाल सडकमा

166

- Advertisement -

६ साउन २०७९, शुक्रवार / काठमाडौं 
 राप्रपा नेपालका जन वर्गीय सङ्गठनहरूले विभिन्न मागहरू राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।
यस्तै महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट जुलुस निकालिएको छ । प्रदर्शनमा जन वर्गीय सङ्गठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरूको समेत सहभागिता छ ।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल सङ्गठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो ।
Leave A Reply

Your email address will not be published.