वीरगंज कारागारमा अख्तियारकाे छानविन , फाइलहरु नियन्त्रणमा

251

- Advertisement -

६ साउन २०७९, शुक्रवार / वीरगंज   वीरगंज कारागारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे छापामारी भएकाे समाचार प्राप्त भएकाे छ । कारागार भित्र हुने गरेकाे अनियमितता र भ्रष्टाचारकाे बिषयमा छानविन गर्न बुधबार अख्तियारकाे टाेली पगेकाे थियाे ।

कारागार भित्र हुने गरेकाे अनियमितताकाे विषयमा उजरी परेपछि छानविन गर्न अख्तियारकाे टाेली वीरगंज कारागरमा पुगेर छानविन गर्नुकाे साथै फाइलहरु नियन्त्रणमा लिएर गएकाे बुझिएकाे छ ।

कारागार भित्र रहेकाे कैदिबन्दीकाे लागि आउने गरेकाे विभिन्न शिर्षककाे रकम अनियमिता हुने गरेकाे छ । कैदिबन्दीकाे लागि आउने गरेकाे कपडा र खाद्यानकाे रकम अनियमिता हुने गरेकाे छ ।

प्रति कैदीबन्दी ४ हजार ५ सयकाे दरले आउने गरेकाे रकममा मात्र १५ सय प्रदान गर्ने गरिएकाे छ ।

त्यसैगरी कारागार भित्र पूर्ण रुपले प्रतिबन्द रहेकाे लागु औषध समेत सेवन गर्न पाउने गरिएकाे स्राेतले जनाएकाे छ ।

कारगार प्रमुख गैरे, चाैकीदार फिराेज अंसारी, मुल नायिके विकी अग्रवाल राैनियार भनिने बिकी अग्रवाल लगायतकाे मिलाेमताेमा  कारगार भित्र अनियमितता र भ्रष्टाचार हुने गरेकाे वताइन्छ । यसकाे विराेध गर्ने कैदीबन्दीलाई यताना समेत दिने गरेकाे स्राेतकाे भनाई छ ।

छापामारी नभएर अख्तियारमा परेकाे उजरीकाे विषयमा छानविन गर्न अख्तियारकाे टाेली पुगेकाे वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले वताए ।

Leave A Reply

Your email address will not be published.