वीरगंज उद्योग वाणिज्य संघ र राजश्व अनुसन्धान बिभाग बिच छलफल

140

- Advertisement -

६ साउन २०७९, शुक्रवार / वीरगंज  राजश्व अनुसन्धानमा देखा परेका नितीगत तथा व्यवहारिक समस्याबारे शुक्रवार  छलफल सम्पन्न भएको छ ।

राजश्व अनुसन्धानका महानिर्देशक झलकराम अधिकारीले राजस्व चुहावट र नियन्त्रणमा विभाग कडाइका साथ लगेको बताए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले ब्यपारीलाई दुख दिने कार्य कहि कतैबाट नगर्न अनुरोध गर्दै व्यवहारिक समस्याको सामाधान गर्न आवश्यक रहेको बताए ।    छलफलमा राजश्व अनुसन्धानका उपन्यायाधिवक्ता अर्जुन काईराला, राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख कृष्णप्रसाद पाण्डे, विभागका सूचना अधिकृत पवन बस्नेत, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशिष लाठ, सहसचिव सुशान्त चाचान र कार्यसमिति सदस्य, मनोनित सदस्य र आमान्त्रित सदस्यका साथै उद्योगि व्यवसायी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.