राहदानीको फारम भरी २ हजार ठगेको आरोपमा ६ जना वीरगंजमा पक्राउ

204

- Advertisement -

६ साउन २०७९, शुक्रवार / वीरगंज   जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सा प्रहरीले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

राहदानीको फारम भर्ने भन्दै सर्वसाधारणसँग २ हजार रुपैया लिने गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको निर्देशनमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी गरि ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जना रहेका छन् । पक्राउ गरेर ६ जनालाई वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ ।

Leave A Reply

Your email address will not be published.