भारतीय ट्रेलरको ठक्करबाट मोरङमा दुईजनाको मृत्यु

234

- Advertisement -

६ साउन २०७९, शुक्रवार / विराटनगर   मोरङको बुढीगंगा गाउँपालिका   २ मा भारतीय नम्बर प्लेटको ट्रेलर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

आज विहान भारतीय ट्रेलरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।​ मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका  ७ का २७ वर्षीय हर्क परियार र २१  वर्षीय भीम बहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले  सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक परियार र  सवार राई गम्भीर घाइते भएका र उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उनीहरुको  उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीले ठक्कर दिने सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।

Leave A Reply

Your email address will not be published.