ब्राउन सुगरसहित चारजना पक्राउ

335

- Advertisement -

६ साउन २०७९, शुक्रवार / दाङ   तुलसीपुरमा प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका ६ ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा रोडका २५ वर्षीय सागर गन्धर्व,  तुलसीपुर ५ का २३ वर्षीय सन्तोष बिक र तुलसीपुर ५ बसपार्कका २५  वर्षीय निर्मल घर्ती पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरूलाई बिहीबार साँझ तुलसीपुर ६ शिव शिखरकोलनी टोलबाट ४९० मिलिग्राम अवैध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

डीएसपी  श्यामु अर्यालले  नेपालीको साथबाट  एक प्याकेट,  गन्धर्वको साथबाट ६ प्याकेट, बिकको साथबाट दुई प्याकेट र घर्तीको साथबाट एक प्याकेट गरी १० प्याकेटमा ब्राउनसुगर फेला परेको बताए। प्रहरीले उनीहरूको साथबाट नगद २३ हजार रुपैयाँ बरामद गरेको छ ।

शिखरकोलनी टोलस्थित ब्राउन सुगर बिक्री भइरहेको सूचनाको आधारमा  इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वमा गएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको र  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.