जसपा पर्साको क्षेत्र नं. ३ काे बैठक सम्पन्न

269

- Advertisement -

६ साउन २०७९, शुक्रवार / वीरगंज   जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा क्षेत्र नं.३ को क्षेत्रिय विस्तारित बैठक बिहिबार सम्पन्न भएकाे छ ।

क्षेत्रिय पार्टी कार्यालय पाेखरियामा सम्पन्न बैठककमा स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

बैठकमा क्षेत्र अन्तर्गतका बहादुरमाई नगरपालिकाका मेयर सिंगासन साह, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिस्ट महतो लगायतका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएकाे जसपाका युवा नेता शिव साहले जानकारी दिए ।

क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षता र निलम्वित संघिय सांसद हरिनारायण रौनियारको प्रमुख अथित्यमा भएकाे बैठकमा प्रदेश सांसद मन्जुर अंसारी, नेता शिवजी सोनी, प्रदेश सदस्य दिपक यादव, गौरीशंकर साह, विपिन यादव, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, पाेखरिया नगरपालिकाकी पूर्व उप मेयर सलमा खातुन लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन युवा नेता शिव कुमार साहले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.