सशस्त्र प्रहरी मौन , (आइसिपी) को मूलगेटमा दैनिक स्थानीय युवाहरूद्व्रारा रङ्गदारी असुली

तस्बिर : प्रतिक दैनिक

463

- Advertisement -

५ साउन २०७९, बिहिवार / वीरगंज   अलौंस्थित वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी  (आइसिपी) को मूलगेटमा स्थानीय युवाहरूले रङ्गदारी असुल्ने गरेका छन् ।

भारतीय ट्रकचालकहरूसँग दैनिक दर्जनौं युवाले अवैधरूपमा रङ्गदारी असुल्ने गरेको त्यहाँका स्थानियहरूले बताएका छन् ।

मालसामान बोकेर नेपाल भित्रिएका भारतीय चालकहरूसँग वीरगंज-पथलैया औद्योगिक कोरिडोरका उद्योग तथा गोदामसम्म गाडी पु¥याइदिने निहुँमा  प्रतिगाडी रु ५०० सयदेखि १००० हजारसम्म रङ्गदारी असुल्ने गरेको बताइएको छ । बिहान १० देखि राति ८ बजेसम्म रङ्गदारी असुल्ने गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

केही चालकले पैसा दिन मानेनन् चालकहरूलाई कुटपिट गर्ने र धाकधम्की दिएर गाडीको सीसा फुटाउने गर्छन् ।

चालकहरूसँग पैसा लिएर उद्योगसम्म गाडी पु¥याइदिने र प्रहरी तथा ट्राफिकलाई मिलाउने प्रलोभन दिएर उनीहरूले यस्तो धन्दा चलाइरहेका छन् । तर कतिपय भारतीय चालकहरूका अनुसार पैसा लिएर पनि उनीहरू ड्राइपोर्ट लक्ष्मी आयल कटेर पिसाब फेर्ने बहानामा गाडी रोकाएर भाग्ने गरेका छन् ।

आइसिपीको सुरक्षा प्रबन्धको लागि सशस्त्र प्रहरी १३ नं हेडक्वार्टर पर्साको जिम्मामा छ । तर सशस्त्र प्रहरी यस्तो घटना हुँदा पनि मौन छ । चालकहरूले दैनिक लुटिनुपर्दासमेत प्रहरी प्रशासनले आफूहरूलाई सहयोग नगरेकोमा ती युवाहरूसँग प्रहरीको सेटिङ हुन सक्ने आरोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.