सरकारलाई झलनाथको प्रश्न – एसपिपी अस्वीकारको पत्र लेख्‍न सरकारलाई कसले रोक्यो ?

286

- Advertisement -

५ साउन २०७९, बिहिवार / काठमाडौं   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भनेर प्रश्न गरेका छन् ।

खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।

कार्यकारी अधिकार भएको क्याविनेटले निर्णय गरिसकेपछि कसैले रोक्न सक्छ भन्दै नेता खनालले के कारणले रोकिएको भनि प्रधानमन्त्री र सरकारलाई प्रश्न गरे ।

Leave A Reply

Your email address will not be published.