मेरो फोटो जोडेर ट्रोल गर्नेको भान्सा सस्तो होस् : प्रदीप ज्ञवाली

325

- Advertisement -

५ साउन २०७९, बिहिवार / काठमाडौं   नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीको विषयमा आफूले बोलेको विषयलाई विषयान्तर गरेर ट्रोल बनाइएकोमा गुनासो गरेका छन् ।

आफ्नो फोटोलाई लिएर ट्रोल बनाउनेको भान्सा सस्तो होस् भन्ने उनले शुभकामना दिए ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा ज्ञवालीले मूल्यवृद्धिबारे बोल्दा सत्तापक्षका कार्यकर्ताबाट आफू ट्रोल बन्नु परेको गुनासो गरेका हुन् । यसअघि एमालेको उपभोक्ता हित विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले आफ्नो भान्सामा दुई थरी तरकारी पाक्न छाडेको बताएका थिए । सो विषयलाई लिएर सामाजिक सञ्जालमा ज्ञवालीप्रति कटाक्ष गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.