बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

325

- Advertisement -

५ साउन २०७९, बिहिवार / काठमाडौं   संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् ।  समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ।

यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल  समितिले छलफल गरेको थियो ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.