प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिन भदौमा अमेरिका जाने

311

- Advertisement -

५ साउन २०७९, बिहिवार / काठमाडौं   प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौमा अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले उच्च नेतृत्वले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको बताइन्। तथापि प्रधानमन्त्री नै जाने वा अरू कोही जाने भन्ने विषयमा मन्त्रिपरिषद्ले गर्ने औपचारिक निर्णय नै आधिकारिक हुने उनको भनाइ छ।

 

Leave A Reply

Your email address will not be published.