नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक बैद्य वीरगंजको सद्भावना दूतमा पुन: नियूक्त

649

- Advertisement -

५ साउन २०७९, बिहिवार / वीरगंज   वीरगंज महानगरपालिकाले नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक बैद्यलाई पुन: सद्भावना दूत नियूक्त गरेको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले बैद्यलाई बिहिबार वीरगंज महानगरपालिकाको पुन: सद्भावना दूत नियूक्त गरेका हुन् ।

वरिष्ठ उद्योगपतिसमेत रहेका बैद्यलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गरिएको थियो ।

वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका वैद्यले महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा पूर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै भर्खरै सम्पन्न महानगरको नगरसभाको ११ अधिवेशनले उनलाई पुन: सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.